केपी शर्मा ओलीको सोमबार पित्तथैलीको अपरेशन, स्वास्थ्य अवस्था स्थिर

Image
Nisarga Hospital

KP Sharma Oli को पित्तथैलीमा देखिएको पत्थरीको अपरेशन सोमबार हुने तय भएको छ। स्वास्थ्य अवस्था बिग्रिएको भन्दै अपरेशन अनिश्चित भएको हल्ला चले पनि चिकित्सकहरूले हालको रिपोर्टअनुसार शल्यक्रियामा कुनै समस्या नरहेको स्पष्ट पारेका छन्।

CP Hospital Dhangadhi

Tribhuvan University Teaching Hospital का निर्देशक डा. सुवास आचार्यका अनुसार आवश्यक सबै परीक्षण पूरा भइसकेका छन् र रिपोर्ट सकारात्मक आएका छन्। सोही आधारमा सोमबार नै अपरेशन गर्ने तयारी गरिएको हो।

Attariya Hospital

ओलीलाई चैत १३ गते भक्तपुरस्थित निवासबाट पक्राउ गरिएको थियो र सोही दिनदेखि अस्पतालमा भर्ना गरिएका छन्। सर्वोच्च अदालतको आदेशपछि उनी जिम्मा जमानीमा रिहा भए पनि उपचारका कारण अस्पतालमै छन्।

nawajiwan

तीनपटक मिर्गौला प्रत्यारोपण गरिसकेका ओलीमा मधुमेह, उच्च रक्तचाप, हाइपोथायरायडिज्म लगायत समस्या देखिएकाले अपरेशन ढिलाइ भएको थियो। चिकित्सकका अनुसार आइतबारसम्म स्वास्थ्य स्थिर रहेमा सोमबार शल्यक्रिया निश्चित रूपमा सम्पन्न हुनेछ।