महाकाली नदीमा मलामी गएका ४५ वर्षीय पुरुष बेपत्ता, खोजी जारी

Image
Nisarga Hospital

कञ्चनपुरमा मलामी गएका एक पुरुष महाकाली नदीमा डुबेर बेपत्ता भएका छन्। मंगलबार बिहान करिब साढे ११ बजे शुक्लाफाँटा नगरपालिका–७ का ४५ वर्षीय प्रकाश सिंह भीमदत्त नगरपालिका–११ भुजेला घाटमा भएको मलामीमा सहभागी भएका थिए।

CP Hospital Dhangadhi

मलामीकै क्रममा नदी किनारमा पुगेका बेला उनी महाकाली नदीमा बगेको प्रहरीले जनाएको छ। सिंह स्थानीय ७० वर्षीया धाना भट्टको अन्त्येष्टि कार्यक्रममा सहभागी हुन गएका थिए।

घटनापछि स्थानीयले तत्कालै उद्धार प्रयास गरेका थिए भने सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले खोजी कार्य जारी राखेको छ। नदीमा पानीको बहाव बढेकाले खोजी कार्यमा कठिनाइ भइरहेको बताइएको छ।

nawajiwan
Attariya Hospital

स्थानीय प्रशासनले गोताखोरसहितको टोली परिचालन गरी हराइरहेका व्यक्तिको खोजी तीव्र पारेको जनाएको छ। घटनाले स्थानीय क्षेत्रमा शोक र चिन्ता छाएको छ।