कैलालीको टीकापुर पार्कमा एकै दिन १४ हजार पर्यटक, करीब ८ लाख राजश्व गरी नयाँ रेकर्ड कायम

Image
Nisarga Hospital

टीकापुरमा अवस्थित टीकापुर पार्कमा नयाँ वर्ष २०८३ को पहिलो दिन एकै दिन १४ हजार ८३१ भन्दा बढी पर्यटक भित्रिएसँगै नयाँ रेकर्ड कायम भएको छ। पर्यटकको अत्यधिक आगमनसँगै पार्कबाट ७ लाख ७० हजार १६० रुपैयाँ राजस्व संकलन भएको छ, जुन अघिल्लो वर्षको तुलनामा उल्लेख्य वृद्धि हो। गत वर्ष वैशाख १ गते ५ लाख रुपैयाँ मात्र राजस्व उठेको थियो।

CP Hospital Dhangadhi

टीकापुर पार्कमा देखिएको भीडका कारण दिउँसोदेखि आसपासको सडक अवरुद्ध भएको थियो। रानी कुलामा रहेको सिंगल लेन पुलका कारण यात्रुहरू घण्टौँ जाममा परेका थिए। केही पर्यटक वैकल्पिक मार्ग प्रयोग गरी फर्किन बाध्य भएका थिए।

nawajiwan

नगरपालिकाका राजस्व शाखाका अनुसार पार्कबाट वार्षिक आम्दानी निरन्तर बढ्दै गएको छ। आर्थिक वर्ष २०८०/८१ मा ६४ लाख रुपैयाँ उठेकोमा २०८१/८२ मा ९३ लाखभन्दा बढी पुगेको छ भने चालु आर्थिक वर्षको नौ महिनामै १ करोड ८ लाख रुपैयाँ संकलन भइसकेको छ।

Attariya Hospital

हाल पार्क प्रवेश शुल्क प्रति व्यक्ति ५० रुपैयाँ तोकिएको छ। प्राकृतिक सौन्दर्य, कर्णाली नदीमा जलविहार र ऐतिहासिक महत्वका कारण यहाँ पर्यटक आकर्षण बढ्दै गएको छ।

नगरपालिकाले पार्कको स्तरोन्नतिका लागि १४ करोड रुपैयाँको डीपीआर संघीय सरकारसमक्ष पेश गरेको छ। योजनाअनुसार पार्किङ, बाल उद्यान र संरचना मर्मत गर्ने लक्ष्य राखिएको छ।

ऐतिहासिक रूपमा राजा महेन्द्रले यही क्षेत्रमा स्वास्थ्य लाभ लिएको स्थानलाई पछि पार्कका रूपमा विकास गरिएको हो। पार्कभित्रका बगैंचा, विश्राम स्थल र वाटरबोट सेवाले पर्यटकलाई आकर्षित गरिरहेका छन्।

Advertize US