मरेको कुखुराको मासु खाँदा कैलालीमा दुई बालकको मृत्यु, आमासहित एक बालक गम्भीर

Image
Nisarga Hospital

कैलालीको चुरे गाउँपालिका–३ मा मरेको बोइलर कुखुराको मासु खाँदा एकै परिवारका दुई बालकको मृत्यु भएको छ। चुरे–३ भक्तपुरका ५ वर्षीय दीपक ताम्राकार र उनका ८ वर्षीय दाजु भीम ताम्राकारको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो।

CP Hospital Dhangadhi

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बिहीबार मरेको कुखुराको मासु खाएपछि परिवारका सदस्यहरू बिरामी परेका थिए। शुक्रबार मात्र अस्पताल पुर्‍याइएकामा उपचारकै क्रममा दुवै बालकको मृत्यु भएको प्रहरी निरीक्षक कैलाश विष्टले जानकारी दिए।

सोही मासु खाएका कारण २८ वर्षीया आमा राधिका ताम्राकार र ३ वर्षीय छोरा दिपेश ताम्राकार पनि गम्भीर अवस्थामा उपचाररत छन्।

nawajiwan
Attariya Hospital

प्रहरीका अनुसार ताम्राकार परिवारले स्थानीय विकास पोल्ट्री फार्मबाट मरेको कुखुरा खरिद गरी सेवन गरेका थिए। फार्म सञ्चालक मङ्गल साउद आफैं प्रहरीसमक्ष उपस्थित भएका छन्। उनलाई आवश्यक परे उपस्थित हुने शर्तमा आफन्तको जिम्मा लगाइएको छ।

चिकित्सकहरूले मरेको वा अस्वस्थ पशुपन्छीको मासु सेवन अत्यन्त जोखिमपूर्ण हुने भन्दै सावधानी अपनाउन आग्रह गरेका छन्।