शिवगोपाल रिसाललाई मनिराज वाङ्मय पुरस्कार २०८० समर्पण गरिने

Image
Nisarga Hospital

धनगढीः नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान, कैलालीले प्रदान गर्दै आएको “मनिराज वाङ्मय पुरस्कार २०८०” वरिष्ठ साहित्यकार शिवगोपाल रिसाललाई समर्पण गर्ने निर्णय गरेको छ।

CP Hospital Dhangadhi

प्रतिष्ठानका अध्यक्ष साहित्यकार एवं संस्कृतिविद पद्मराज जोशी ‘प्रभात’का अनुसार पुरस्कारका लागि गठित प्रतिभा छनोट समितिको सिफारिसका आधारमा रिसाललाई यस वर्षको पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो। पुरस्कार छनोटका लागि प्राध्यापक डिल्लीराज फुलाराको संयोजकत्वमा साहित्यकार स.प्रा. गणेशराज जोशी र स.प्रा. डा. रामचन्द्र विनाडी सदस्य रहेको समिति गठन गरिएको थियो।
समितिले नेपाली साहित्य क्षेत्रमा दीर्घकालीन योगदान, सिर्जनात्मक सक्रियता तथा साहित्यिक प्रभावका आधारमा रिसाललाई पुरस्कारका लागि सिफारिस गरेको जनाएको छ।

Attariya Hospital

उक्त पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ। पुरस्कारका लागि साहित्यकार मनिराज जोशीका परिवारजनले प्रतिष्ठानमा १० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका थिए। सोही कोषबाट हरेक वर्ष उत्कृष्ट साहित्यकारलाई सम्मान गर्दै पुरस्कार प्रदान गरिँदै आएको प्रतिष्ठानले जनाएको छ।

nawajiwan

प्रतिष्ठानले निकट भविष्यमा औपचारिक कार्यक्रम आयोजना गरी पुरस्कार समर्पण गर्ने तयारी गरिरहेको पनि जनाएको छ। यस पुरस्कारले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको विश्वास लिइएको छ।