आगामी बजेट तयारीमा सरकार सक्रिय: अर्थ मन्त्रालयमा उच्चस्तरीय छलफल सम्पन्न

Image
Nisarga Hospital

आज मिति २०८३ वैशाख ७ गते सोमबार अर्थ मन्त्रालय मा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीका सम्बन्धमा अर्थमन्त्री डा. स्वर्णीम वाग्ले र विषयगत मन्त्रालयका मन्त्री तथा सचिवहरूबीच छलफल सम्पन्न भएको छ।

CP Hospital Dhangadhi

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सदस्य तथा प्रधानमन्त्रीका प्रशासन तथा सुशासन सल्लाहकार सुदिप ढकालको समेत सहभागिता रहेको थियो। छलफलमा अर्थसचिव डा. घनश्याम उपाध्यायले रकमान्तर सहजीकरण, बहुवर्षीय ठेक्का तथा स्रोत सहमति प्रक्रियाबारे जानकारी गराए।

Attariya Hospital

बजेट तथा कार्यक्रम महाशाखाका सहसचिव डा. सुमन दाहालले हालसम्मको तयारी प्रस्तुत गरे भने मन्त्रीहरूले आ–आफ्ना मन्त्रालयका समस्या र आवश्यकता राखे। अर्थमन्त्रीले सार्वजनिक वित्त संकटबीच बजेट चुनौतीपूर्ण हुने बताउँदै सुशासन, आर्थिक वृद्धि, निजी लगानी, पूर्वाधार विकास र विपन्न वर्गको उत्थानलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। उनले मन्त्रालयगत प्राथमिकता स्पष्ट गरी अनुशासित बजेट निर्माण गर्न आग्रह गरे।

nawajiwan