कैलालीको बड्का बनुवाँमा दुर्लभ राजगोमनको जोडी, स्थानीयमा त्रास र चासो

Image
Nisarga Hospital

कैलालीको बड्का बनुवाँ (वसन्ता कोरिडोर) क्षेत्रमा दुर्लभ तथा अत्यन्त विषालु राजगोमन (किङ कोब्रा) सर्पको जोडी देखिएको छ। कैलारी गाउँपालिका र भजनी नगरपालिकाको सिमाना क्षेत्रमा पर्ने विपतपुर र हिम्मतपुर गाउँबीच हुलाकी राजमार्ग नजिकै सोमबार दुई राजगोमन सर्प एकैसाथ देखिएका हुन्।

CP Hospital Dhangadhi

प्रत्यक्षदर्शी रमित ओलीका अनुसार सडक किनारमै देखिएका सर्प केही समय त्यही क्षेत्रमा सक्रिय रहेका थिए, जसले स्थानीयमा त्राससँगै चासो पनि बढाएको छ।

सर्प संरक्षण तथा उद्धारकर्ता लक्ष्मण उपाध्यायका अनुसार हाल प्रजनन सिजन भएकाले राजगोमन जोडीमा देखिनु प्राकृतिक प्रक्रिया हो। उनले यसलाई नछेड्ने र नजिक नजाने आग्रह गरेका छन्।

nawajiwan
Attariya Hospital

विशेषज्ञका अनुसार राजगोमन संसारकै सबैभन्दा लामो विषालु सर्पमध्ये एक हो र यसको विष अत्यन्त खतरनाक हुन्छ। तर यसले अन्य विषालु सर्प खाएर वातावरणीय सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने गर्दछ।

यस घटनाले कैलाली क्षेत्रको जैविक विविधता र वन्यजन्तु संरक्षणको महत्त्वलाई समेत उजागर गरेको छ।