
साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा फेरि वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेको हो।

आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार २ सय रुपैयाँ तोकिएको छ। गत शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यससँगै बजारमा सुनको मूल्य लगातार बढ्दो क्रममा देखिएको छ।
त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ५६ हजार ५ सय १५ रुपैयाँ कायम भएको छ।


सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। महासंघका अनुसार चाँदी प्रतितोला ५० रुपैयाँले बढेर ४ हजार ९ सय ९५ रुपैयाँ पुगेको छ। शुक्रबार चाँदी ४ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज १० ग्राम चाँदीको मूल्य ४ हजार २ सय ८३ रुपैयाँ कायम गरिएको छ। बजार विश्लेषकका अनुसार अन्तर्राष्ट्रिय बजारको प्रभावले मूल्यमा निरन्तर उतारचढाव देखिएको छ।





























