अत्तरिया खानेपानी संस्थामा चुनावी सरगर्मी, अध्यक्षमा पाँच प्रतिस्पर्धी मैदानमा

Image
Nisarga Hospital

अत्तरिया: गोदावरी नगरपालिका अन्तर्गत अत्तरीया खानेपानी संस्थाको नयाँ नेतृत्व चयनका लागि चुनावी माहोल तातेको छ। आगामी वैशाख २६ गते हुने निर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएसँगै प्रतिस्पर्धा रोचक बनेको हो।

CP Hospital Dhangadhi

संस्थाको अध्यक्ष पदका लागि चार समूहगत उम्मेदवारी र एक स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ। अध्यक्ष पदमा राजेन्द्र बहादुर खड्का, हर्क बहादुर शाह, गणेश शाह र राज बहादुर खड्का प्यानलसहित मैदानमा उत्रिएका छन् भने नन्दराज भट्टले एकल उम्मेदवारी दिएका छन्।

राजेन्द्र खड्का नेतृत्वको टिममा उपाध्यक्षमा लक्ष्मण कठायत, महासचिवमा धर्म सिंह कुँवर, कोषाध्यक्षमा भोज बहादुर साउँद र सचिवमा छबिन्द्रनाथ योगी रहेका छन्। सदस्य पदमा रमेश कडायत, वीर बहादुर विश्वकर्मा, चन्द्रा कुमारी कठायत, जमुना देवी साउँद, खिमा देवी ओझा र राधा बिष्ट कुँवर उम्मेदवार बनेका छन्। अन्य समूहका उम्मेदवारहरूको विवरण भने पूर्ण रूपमा सार्वजनिक हुन बाँकी छ।

nawajiwan
Attariya Hospital

संस्थामा प्रत्यक्ष निर्वाचित ११ सदस्य रहने प्रावधान भए पनि निवर्तमान पदाधिकारी र कार्यालय प्रमुखसहित १३ सदस्यीय कार्यसमिति गठन हुने जनाइएको छ। कुल ५ हजार ७ सय ४२ उपभोक्ता मतदाता रहेका यस संस्थामा मत परिणामले नयाँ नेतृत्वको दिशा तय गर्नेछ।

उम्मेदवारी शुल्क अध्यक्षका लागि ७ हजार ५ सय, पदाधिकारीका लागि ५ हजार ५ सय र सदस्यका लागि ३ हजार ५ सय रुपैयाँ तोकिएको थियो, जुन फिर्ता नहुने व्यवस्था गरिएको छ। चुनाव नजिकिँदै जाँदा संस्थाभित्र प्रतिस्पर्धा अझ तीव्र हुने अपेक्षा गरिएको छ।