बिहीबार व्रत: विष्णु र बृहस्पतिको पूजा, सुख–समृद्धिको कामना

Image
Nisarga Hospital

हिन्दू धर्मअनुसार बिहीबार देवताका गुरु बृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गर्ने विशेष दिन मानिन्छ। यस दिन व्रत बस्दा धन, सन्तान र विद्या प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ। साथै, भगवान विष्णुकी पत्नी लक्ष्मीको पूजा गरे घरमा सुख, शान्ति र समृद्धि कायम रहने जनविश्वास छ।

CP Hospital Dhangadhi

यो व्रत प्रायः शुक्लपक्षको पहिलो बिहीबारबाट सुरु गरिन्छ। विशेषगरी अनुराधा नक्षत्र परेका दिनबाट व्रत सुरु गर्नु अत्यन्त शुभ मानिन्छ। व्रतालुले बिहान स्नान गरी शुद्ध भएर पहेँलो वस्त्र धारण गर्नुपर्छ। त्यसपछि पहेँलो फूल, चन्दन र प्रसाद तयार गरी भगवान विष्णुलाई अर्पण गरिन्छ।

Attariya Hospital

व्रत अवधिभर ‘ऊँ गुरवे नमः’ मन्त्र कम्तीमा पाँच माला जप गर्नुपर्ने मान्यता छ। यो व्रत ७ देखि १३ महिनासम्म निरन्तर बस्दा मनोकामना पूरा हुने विश्वास गरिन्छ। धार्मिक आस्था अनुसार श्रद्धा र नियमपूर्वक गरिएको पूजा–व्रतले जीवनमा सकारात्मक ऊर्जा र आशीर्वाद प्राप्त हुन्छ।

nawajiwan