नेपाली बजारमा पेट्रोल–डिजेलको मूल्य घट्यो , ग्यास र हवाई इन्धन महँगियो

Image
Nisarga Hospital

नेपाल आयल निगमले इन्धनको मूल्यमा नयाँ समायोजन गर्दै पेट्रोल र डिजेलको मूल्य घटाएको छ भने एल.पी. ग्यास र हवाई इन्धन महँगो बनाएको छ। निगमले बिहीबार सूचना जारी गर्दै शुक्रबार बिहान १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल–मट्टितेलमा १२ रुपैयाँ घटाएको जनाएको हो।

CP Hospital Dhangadhi

नयाँ मूल्य अनुसार पहिलो वर्गका क्षेत्रमा पेट्रोल प्रतिलिटर २१४ रुपैयाँ ५० पैसा कायम भएको छ भने डिजेल–मट्टितेलको मूल्य २२२ रुपैयाँ ५० पैसा तोकिएको छ। यसले सर्वसाधारणलाई केही राहत दिने अपेक्षा गरिएको छ।

तर, अर्कोतर्फ खाना पकाउने एल.पी. ग्यास र हवाई इन्धनको मूल्य बढाइएको छ। आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ७ रुपैयाँ वृद्धि गरिएको छ भने अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौंबाट प्रति किलोलीटर ४६ अमेरिकी डलरले मूल्य बढाइएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

एल.पी. ग्यासमा प्रति सिलिन्डर १५० रुपैयाँ वृद्धि भएसँगै अब एक सिलिन्डरको मूल्य २१६० रुपैयाँ पुगेको छ। यसले घरायसी खर्चमा थप भार पर्ने देखिएको छ।

Dhnagadhi & Krishanapur