नेपाली बजारमा पेट्रोल–डिजेलको मूल्य घट्यो , ग्यास र हवाई इन्धन महँगियो

Image
Nisarga Hospital

नेपाल आयल निगमले इन्धनको मूल्यमा नयाँ समायोजन गर्दै पेट्रोल र डिजेलको मूल्य घटाएको छ भने एल.पी. ग्यास र हवाई इन्धन महँगो बनाएको छ। निगमले बिहीबार सूचना जारी गर्दै शुक्रबार बिहान १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल–मट्टितेलमा १२ रुपैयाँ घटाएको जनाएको हो।

CP Hospital Dhangadhi

नयाँ मूल्य अनुसार पहिलो वर्गका क्षेत्रमा पेट्रोल प्रतिलिटर २१४ रुपैयाँ ५० पैसा कायम भएको छ भने डिजेल–मट्टितेलको मूल्य २२२ रुपैयाँ ५० पैसा तोकिएको छ। यसले सर्वसाधारणलाई केही राहत दिने अपेक्षा गरिएको छ।

तर, अर्कोतर्फ खाना पकाउने एल.पी. ग्यास र हवाई इन्धनको मूल्य बढाइएको छ। आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ७ रुपैयाँ वृद्धि गरिएको छ भने अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौंबाट प्रति किलोलीटर ४६ अमेरिकी डलरले मूल्य बढाइएको छ।

nawajiwan
Attariya Hospital

एल.पी. ग्यासमा प्रति सिलिन्डर १५० रुपैयाँ वृद्धि भएसँगै अब एक सिलिन्डरको मूल्य २१६० रुपैयाँ पुगेको छ। यसले घरायसी खर्चमा थप भार पर्ने देखिएको छ।