शुक्रबारको व्रत: लक्ष्मी कृपा, समृद्धि र सुख–शान्तिको मार्ग

Image
Nisarga Hospital

हिन्दू धर्मावलम्बीहरूले शुक्रबार विशेष रूपमा माता लक्ष्मी, सन्तोषी माता र वैभवलक्ष्मीको श्रद्धापूर्वक पूजा–आराधना गर्ने परम्परा रहेको छ। यस दिन लक्ष्मीका अवतारका रूपमा अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ, जसले समृद्धि, अन्नपूर्णता र शक्ति प्रदान गर्ने विश्वास गरिन्छ।

CP Hospital Dhangadhi

धर्मशास्त्रअनुसार लक्ष्मीको व्रत बसी विधिपूर्वक पूजा गर्दा आर्थिक अवस्था सुदृढ हुने मान्यता छ। व्रत बस्नेले फलाहारका रूपमा चना र सख्खर सेवन गर्नु शुभ मानिन्छ भने अमिलो पदार्थ सेवन गर्न निषेध गरिएको छ।

Attariya Hospital

शुक्रबार सेतो वस्त्र धारण गर्नु, घरमा खीर पकाई गरिब तथा आवश्यकतामा परेकालाई बाँड्नु पुण्यकारी कार्य मानिन्छ। सन्तोषी माताको व्रतले सुख, शान्ति र मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ।

nawajiwan

ज्योतिषीय मान्यताअनुसार शुक्र ग्रह शान्तिका लागि सेतो वस्तु, चन्दन, कपुर, चिनी तथा वस्त्र दान गर्नु फलदायी हुन्छ। नियमित श्रद्धा, व्रत र दानले जीवनमा सकारात्मक ऊर्जा र समृद्धि बढ्ने विश्वास गरिन्छ।