आजको मौसम: सुदूरपश्चिम लगायत देशभर बदली र वर्षाको प्रभाव: केही स्थानमा भारी वर्षाको चेतावनी

Image
Nisarga Hospital

नेपालमा हाल पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भूभाग नजिक सक्रिय न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्व–पश्चिम फैलिएको न्यून चापीय रेखा पनि पूर्वी भाग नजिकै रहेको छ, जसले मौसमलाई थप प्रभावित बनाएको छ।

CP Hospital Dhangadhi

हाल कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि घना बदली रहेको छ भने बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

Attariya Hospital

आज दिउँसो पहाडी र हिमाली भूभागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ। पहाडी र हिमाली क्षेत्रका केही स्थान तथा मधेस र कोशी प्रदेशका तराईका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपात हुन सक्छ।

nawajiwan

आज राति देशभर बदली रहनेछ। कोशीदेखि लुम्बिनीसम्मका केही स्थानमा चट्याङ्ग, हावाहुरी र असिनासहित वर्षाको सम्भावना छ। लुम्बिनीका पहाडी क्षेत्रमा भारी वर्षा पनि हुन सक्ने भएकाले सतर्कता आवश्यक छ।