सुन सस्तो, चाँदी महँगियो : नेपाली बजारमा बहुमूल्य धातुको मूल्यमा उतारचढाव

Image
Nisarga Hospital

नेपाली बजारमा साताको पहिलो कारोबारका दिन सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा सुन प्रतितोला एक हजार रुपैयाँले सस्तो भएको हो।

CP Hospital Dhangadhi

महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार १०० रुपैयाँ तोकेको छ। गत शुक्रबार यही सुन प्रतितोला २ लाख ९६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। सुनको मूल्य घटे पनि चाँदीमा भने वृद्धि देखिएको छ।

आज चाँदी प्रतितोला ६५ रुपैयाँले बढेर ५ हजार १० रुपैयाँ पुगेको छ। गत शुक्रबार चाँदी प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्यमा उतारचढाव देखिएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

त्यहाँ सुन प्रतिऔंस ४ हजार ७५० अमेरिकी डलर र चाँदी ७५ डलरमा कारोबार भइरहेको छ। महासंघले अन्तर्राष्ट्रिय मूल्य र डलर विनिमय दरका आधारमा दैनिक मूल्य निर्धारण गर्छ।

Dhnagadhi & Krishanapur