सुन घट्यो, चाँदी बढ्यो : सोमबारको बजार अद्यावधिक

Image
Nisarga Hospital

नेपाली बजारमा सोमबार सुनको भाउ घट्दा चाँदीको मूल्य भने बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन सय रुपैयाँले घटेर दुई लाख ९४ हजार आठ सय रुपैयाँमा किनबेच भइरहेको छ। आइतबार सुन प्रतितोला दुई लाख ९५ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो, जसअघिल्लो दिन पनि एक हजार रुपैयाँले घटेको थियो।

CP Hospital Dhangadhi

यता, चाँदीको मूल्य भने उकालो लागेको छ। आइतबार प्रतितोला पाँच हजार १० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार बढेर पाँच हजार ३० रुपैयाँ पुगेको छ, जुन प्रतितोला २० रुपैयाँको वृद्धि हो।

Attariya Hospital

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य प्रतिऔंस चार हजार ६ सय ७ अमेरिकी डलर आसपास कारोबार भइरहेको छ। समग्रमा, सुनमा गिरावट जारी रहँदा चाँदीमा सामान्य सुधार देखिएको छ, जसले बजारमा मिश्रित अवस्था देखाएको छ।

nawajiwan