चैतन्य पाठशालाद्वारा पत्रकार महासंघलाई एसी सहयोग

Image
Nisarga Hospital

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर चैतन्य पाठशाला धनगढीले नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिलाई एक थान एयर कन्डिसन (एसी) सहयोग गरेको छ। सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत गरिएको उक्त सहयोगले पत्रकारहरूको कामकाजलाई सहज बनाउने अपेक्षा गरिएको छ।

CP Hospital Dhangadhi

चैतन्य पाठशालाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेश प्रसाद जोशीका अनुसार महासंघको प्रिफ्याब भवनमा अत्यधिक गर्मीका कारण काम गर्न कठिनाइ भइरहेको जानकारी पाएपछि एसी सहयोग गरिएको हो। विद्यालयका प्राचार्य प्रेमनीधि ओझाले मंगलबार आयोजित कार्यक्रममा महासंघका अध्यक्ष भरत बहादुर शाहलाई एसी हस्तान्तरण गरेका थिए।

Attariya Hospital

धनगढी उपमहानगरपालिका–१ मा रहेको प्रिफ्याब भवनमा महासंघको प्रदेश समिति कार्यालय सञ्चालन हुँदै आएको छ। सहयोग ग्रहण गर्दै अध्यक्ष शाहले बढ्दो गर्मीका कारण कार्यालय सञ्चालनमा समस्या भइरहेको अवस्थामा प्राप्त सहयोगले संस्थागत कामकाज सहज हुने बताए। उनले चैतन्य पाठशालाप्रति धन्यवाद व्यक्त गर्दै यस्तो सहकार्यले सञ्चार क्षेत्रलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरे।

nawajiwan