पर्यटकका लागि राहत: सवारी अनुमति अब घरमै अनलाइन, भन्सारमा लाइन बस्न नपर्ने

Image
Nisarga Hospital

भारत तथा तेस्रो मुलुकबाट स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्ने पर्यटकले अब आफ्नै सवारी साधनको अस्थायी इजाजत अनलाइनमार्फत घरैबाट लिन सक्ने भएका छन्। अर्थ मन्त्रालय मातहत भन्सार विभागले ‘अस्थायी सवारी आयात (टीआईभी) मोड्युल’ सञ्चालनमा ल्याएपछि सेवा सुरु भएको हो।

CP Hospital Dhangadhi

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उद्घाटन गर्दै यसले सुशासन र छरितो सेवा प्रवर्द्धन गर्ने बताए। अब पर्यटकले भन्सार नाकामा लाइन लाग्नुपर्ने झन्झट हट्नेछ। यात्रा अघि नै वेबसाइटमार्फत विवरण भरेर शुल्क अनलाइन वा बैंकमार्फत तिर्न सकिन्छ। भुक्तानीपछि इमेलमा क्यूआर कोड प्राप्त हुन्छ, जुन सीमा नाकामा देखाएर सहज प्रवेश गर्न सकिन्छ। नेपालभित्र यात्रा गर्दा पनि सुरक्षा निकायलाई यही डिजिटल कोड देखाउन सकिनेछ।

Attariya Hospital

म्याद सकिएमा अनलाइनबाटै नवीकरण सम्भव हुनेछ। यो सेवा भारत, बंगलादेश र अन्य स्थलमार्ग हुँदै आउने सबै विदेशी सवारीमा लागू हुने छ। यसले पर्यटन प्रवर्द्धन, भ्रष्टाचार न्यूनीकरण र सेवा प्रभावकारिता बढाउने अपेक्षा गरिएको छ। यस डिजिटल प्रणालीले सीमाना व्यवस्थापनलाई आधुनिक बनाउने र नेपालको अन्तर्राष्ट्रिय पर्यटन छवि अझ सुदृढ बनाउने विश्वास सरकारी पक्षले लिएको छ। छिटो, पारदर्शी र सहज सेवा प्रवाह हुनेछ।

nawajiwan