
नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य उल्लेख्य रूपमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ५ हजार ८ सय रुपैयाँले बढ्दै २ लाख ९६ हजार ८०० रुपैयाँ पुगेको छ। मंगलबार सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो। आज १० ग्राम सुनको मूल्य पनि बढेर २ लाख ५४ हजार ४६० रुपैयाँ कायम गरिएको छ।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा देखिएको हो। पछिल्ला दिनहरूमा विश्व बजारमा सुनको माग र मूल्यमा भएको परिवर्तनले नेपाली बजारमा पनि मूल्य वृद्धि गराएको जनाएको छ।

यससँगै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। आज चाँदी प्रतितोला १७५ रुपैयाँले बढेर ५ हजार ५५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी ४ हजार ८८० रुपैयाँमा कारोबार भएको थियो। आज १० ग्राम चाँदीको मूल्य ४ हजार ३३४ रुपैयाँ कायम भएको छ।

सुनचाँदीको मूल्यमा आएको यो वृद्धिले बजारमा खरिद–बिक्रीमा समेत प्रभाव पार्ने देखिएको छ।




























