बुढीतोला पर्यटन महोत्सवमा २५ गते चर्चित गायिका एलिना चौहान आउँदै

Image
Nisarga Hospital

कैलालीको गोदावरी नगरपालिका–४ स्थित पर्यटकीय क्षेत्र बुढीतोलामा जारी ‘बुढीतोला पर्यटन महोत्सव २०८३’ मा भोलि वैशाख २५ गते चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको विशेष सांगीतिक प्रस्तुति रहने भएको छ ।‘प्रकृति, संस्कृति र समृद्धिको संगम–बुढीतोला हाम्रो पहिचान’ भन्ने नाराका साथ आयोजना भइरहेको यस महोत्सवमा भोलिको मुख्य आकर्षणका रूपमा चर्चित गायिका एलिना चौहान रहने आयोजकले जनाएको छ ।

CP Hospital Dhangadhi

चौहानसँगै गायक बिक्रम चौधरी र रिसि राज रानाले पनि आफ्नो बेजोड प्रस्तुतिमार्फत दर्शकहरूलाई मनोरञ्जन दिलाउनेछन् ।सांगीतिक कार्यक्रमका साथै भोलिको आकर्षणका रूपमा मोडल पुष्पा बोहराको नृत्य रहनेछ भने कार्यक्रमको सञ्चालन उद्घोषकद्वय रेखा धानुक र गुणाकर पनेरुले गर्नेछन् । बुढीतोला क्षेत्र पर्यटन प्रवर्द्धन तथा बजार व्यवस्थापन समिति, गोदावरी–४, कैलालीको आयोजनामा वैशाख १७ गतेदेखि सुरु भएको यो महोत्सव वैशाख २६ गतेसम्म सञ्चालन हुनेछ ।

महोत्सवले यस क्षेत्रको प्राकृतिक सौन्दर्य र स्थानीय संस्कृतिको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजक समितिको छ ।महोत्सवमा स्थानीय उत्पादनहरूको प्रदर्शनीका साथै दैनिक रूपमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति भइरहेको छ । चिसो मौसम र रमणीय वातावरणका लागि परिचित बुढीतोलामा भइरहेको यो महोत्सवमा सुदूरपश्चिमका विभिन्न जिल्लाहरूबाट दर्शकहरूको उत्साहजनक उपस्थिति रहँदै आएको छ ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
महोत्सव अवलोकन गर्न चाहने दर्शकहरूका लागि कैलालीको फल्टुनेदेखि बुढीतोलासम्म र अत्तरियादेखि बुढीतोलासम्म दुईवटा बसको व्यवस्था गरिएको आयोजक समितिले जानकारी दिएको छ । यस यातायात सुविधाले महोत्सव स्थलसम्म पुग्न दर्शकहरूलाई थप सहज हुने विश्वास लिइएको छ ।

Dhnagadhi & Krishanapur