सुदूरपश्चिम कांग्रेसमा बढ्दो असन्तुष्टि: मुख्यमन्त्री शाहमाथि दबाब तीव्र

Image
Nisarga Hospital

कमलबहादुर शाह नेतृत्वको सुदूरपश्चिम सरकारभित्र सत्ता समीकरण फेरबदलको चर्चा तीव्र बनेको छ। दोस्रो कार्यकाल सम्हालिरहेका मुख्यमन्त्री शाहलाई हटाउनेभन्दा पनि राजीनामा दिन दबाब बढिरहेको कांग्रेसभित्रकै नेताहरूले बताएका छन्।

CP Hospital Dhangadhi

कांग्रेस प्रदेशसभा सदस्य दिवानसिंह विष्टले मुख्यमन्त्रीको स्वास्थ्य अवस्था कमजोर रहेको भन्दै नेतृत्व परिवर्तनबारे आन्तरिक छलफल भइरहेको स्वीकार गरेका छन्। केही सांसदले संसदीय दलको नेता नै फेर्ने तयारी थालेका छन् भने कांग्रेसको केन्द्रीय नेतृत्व पनि यसप्रति सकारात्मक रहेको चर्चा छ।

Attariya Hospital

मुख्यमन्त्री शाहले पार्टीभित्र समन्वय नगरेको, कार्यक्रम सञ्चालनमा सहजीकरण नगरेको तथा गुटीय असन्तुष्टि बढाएको आरोप लागिरहेको छ। केही दिनअघि असन्तुष्ट सांसदहरूले गगन थापा सँग काठमाडौंमा भेटवार्ता गरेका थिए।

nawajiwan

वनमन्त्री नियुक्तिलगायत विषयमा पनि कांग्रेसभित्र असन्तोष बढेको बताइएको छ। हाल ५३ सदस्यीय प्रदेशसभामा कांग्रेस र एमालेको समर्थनसहित शाह नेतृत्वको सरकार कायम रहे पनि आन्तरिक विवादले राजनीतिक तरंग बढाएको छ।