धनगढीलाई महानगर होइन नगरपालिका बनाउनुपर्ने : मेयर हमाल

Image
Nisarga Hospital

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख Gopal Hamal ले धनगढीलाई महानगरपालिका बनाउने चर्चाप्रति असहमति जनाएका छन्। उनका अनुसार महानगर बनाउँदा कुनै ठोस फाइदा नहुने र बरु प्रशासनिक भार मात्र बढ्ने बताइएको छ।

CP Hospital Dhangadhi

उनले छिमेकी पालिकाहरू जोडेर महानगर बनाउने प्रस्ताव व्यावहारिक नभएको उल्लेख गर्दै धनगढीलाई यथावत् नगरपालिका संरचनामा राख्नु उपयुक्त हुने धारणा राखे। “महानगर बनाउनु भनेको फेरि गाउँहरू थप्नु हो, तर सीमित स्रोतले धेरै वडाको विकास सम्भव हुँदैन,” उनले बताए।

Attariya Hospital

हमालका अनुसार अहिले धनगढीका केही वडाको आम्दानीले धेरै वडाको विकास गर्नुपर्ने अवस्था छ, जसले असन्तुलन सिर्जना गरिरहेको छ। त्यसैले महानगरभन्दा सुदृढ नगरपालिका नै उपयुक्त हुने उनको भनाइ छ।

nawajiwan