लम्कीचुहा अस्पताललाई प्रादेशिक स्तरमा स्तरोन्नति गर्ने प्रक्रिया अघि बढाउन मन्त्री खड्काको आग्रह

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पतालका रूपमा स्तरोन्नति गर्ने प्रक्रिया कार्यान्वयनमा सबै पक्षको सहयोग आवश्यक रहेको बताएका छन्। बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले अस्पताल विकासका लागि विनियोजित ४ करोड ८७ लाख रुपैयाँ बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरे।

CP Hospital Dhangadhi

मन्त्री खड्काले स्थानीय तह मातहत रहेको उक्त अस्पताललाई प्रादेशिक अस्पताल बनाउने निर्णय वर्तमान मेयर सुशिला शाहीकै सिफारिसका आधारमा अघि बढाइएको स्पष्ट पारे। संघीय सरकारको स्वीकृतिपछि २०८१ असोज १७ गते प्रादेशिक अस्पतालका रूपमा सञ्चालन गर्ने निर्णय भएको र २०८२ जेठ २६ गते मन्त्रिपरिषद् स्तरीय स्वीकृति प्राप्त भएको उनले जानकारी दिए।

Attariya Hospital

उनका अनुसार अस्पताल सञ्चालनका लागि प्रदेश सरकारले व्यवस्थापन समिति गठन गरिसकेको छ भने लम्कीचुहा नगरपालिकालाई तीन पटक पत्राचार गरिए पनि कुनै चासो नआएको दाबी गरे। अस्पताललाई विशेषज्ञ सेवा सहित गुणस्तरीय स्वास्थ्य संस्था बनाउने लक्ष्य रहेको उनले बताए।

nawajiwan

मन्त्री खड्काले अस्पताल व्यवस्थापनमा कानुनी मापदण्डअनुसार बाहिरबाट समिति चयन गरिएको उल्लेख गर्दै व्यक्तिगत आकांक्षाका कारण सेवा प्रभावित हुन नहुने बताए। उनले नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै अस्पताललाई सुविधा सम्पन्न प्रादेशिक स्वास्थ्य संस्थाका रूपमा विकास गरिने जानकारी दिए।