शुक्रबारको विशेष महिमा : माता लक्ष्मीको कृपाले धन, सुख र समृद्धि प्राप्त हुने विश्वास

Image
Nisarga Hospital

आज पवित्र शुक्रबारका दिन हिन्दू धर्मावलम्बीहरूले शुक्रबार व्रत अन्तर्गत सन्तोषी माता, वैभवलक्ष्मी, अन्नपूर्णेश्वरी तथा दुर्गा भवानीको श्रद्धापूर्वक पूजा–आराधना गर्दैछन् ।

CP Hospital Dhangadhi

धर्मशास्त्रअनुसार विधिपूर्वक व्रत र पूजा गरेमा माता लक्ष्मी प्रसन्न भई घरमा धन, सुख, शान्ति र समृद्धि बढ्ने धार्मिक विश्वास रहेको छ । आजको दिन फलाहारका रूपमा चना र सख्खर सेवन गर्न शुभ मानिन्छ भने अमिलो पदार्थ खान निषेध गरिएको छ ।

Attariya Hospital

सेतो वस्त्र धारण गरी खीर पकाएर गरिब तथा आवश्यक व्यक्तिलाई दान गर्दा घरको भण्डार भरिने जनविश्वास छ । शुक्रबारको व्रतले मनोकांक्षा पूरा हुने, पारिवारिक सुख प्राप्त हुने तथा आर्थिक संकट हट्ने विश्वास गरिन्छ ।

nawajiwan

साथै शुक्र ग्रह शान्तिका लागि चन्दन, कपुर, चिनी, सुगन्धित वस्तु तथा सेतो सामग्री दान गर्नु लाभदायक मानिएको छ ।