सुनचाँदी बजारमा ठूलो गिरावट : एकैदिन तोलामै ४ हजारले घट्यो सुन

Image
Nisarga Hospital

नेपाली बजारमा शुक्रबार सुन तथा चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ । अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको प्रभावस्वरूप स्थानीय बजारमा पनि सुनचाँदीको भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

CP Hospital Dhangadhi

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ४ हजार रुपैयाँले घटेर २ लाख ९८ हजार ५०० रुपैयाँ कायम भएको छ । बिहीबार यही सुन प्रतितोला ३ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, १० ग्राम सुनको मूल्य पनि घटेर २ लाख ५५ हजार ९१५ रुपैयाँ कायम भएको छ ।

Attariya Hospital

त्यसैगरी, चाँदीको मूल्यमा पनि उल्लेख्य कमी आएको छ । आज चाँदी प्रतितोला ३५५ रुपैयाँले घटेर ५ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ५ हजार ७४५ रुपैयाँ रहेको थियो ।

nawajiwan

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा हुने दैनिक उतारचढावका आधारमा नेपाली बजारमा सुनचाँदीको मूल्य निर्धारण हुँदै आएको छ ।