कृष्णपुरमा नगरस्तरीय बाल भेला–२०८३ सञ्चालमा

Image
Nisarga Hospital

कञ्चनपुर: “कृष्णपुरका बालबालिकाको चौतर्फी विकास, बालबालिकाले स्वःस्फूर्त निर्णय लिन सक्ने, सबैले निकालौँ निकास” भन्ने मूल नाराका साथ कृष्णपुर नगरपालिकामा दुई दिने नगरस्तरीय बाल भेला–२०८३ आयोजना गरिएको छ। आज र भोलि जेठ १,२ गते कृष्णपुर नगरपालिका सभाहलमा सञ्चालन भईरहेको उक्त भेलाको आयोजना नगरस्तरीय बाल सञ्जाल कृष्णपुर, कञ्चनपुर ले गरेको हो। कार्यक्रममा नगरभित्रका विभिन्न विद्यालय तथा बाल क्लबमा आबद्ध बालबालिकाहरूको सक्रिय सहभागिता रहने आयोजकले जनाएको छ।

CP Hospital Dhangadhi

बालअधिकार, नेतृत्व विकास, बाल सहभागिता, क्षमता अभिवृद्धि तथा बालमैत्री समाज निर्माणका विषयमा केन्द्रित रहने भेलामा बालबालिकाहरूले आफ्ना विचार, समस्या र समाधानका उपाय प्रस्तुत गर्नेछन्। साथै बालबालिकालाई आत्मविश्वासी, सिर्जनशील र निर्णय क्षमतायुक्त बनाउने उद्देश्यले विभिन्न अन्तरक्रिया, छलफल तथा सचेतनामूलक गतिविधिहरू सञ्चालन गरिने बताइएको छ।
कार्यक्रमलाई सफल बनाउन विभिन्न सहयोगी संस्थाहरूको सहकार्य रहेको छ। सहयोगी निकायहरूमा NNSWA, World Vision, Saathi तथा AEIN रहेका छन्।

nawajiwan
Attariya Hospital

आयोजकका अनुसार बालबालिकाको आवाजलाई नीति तथा निर्णय प्रक्रियासम्म पुर्‍याउने उद्देश्यसहित आयोजना हुन लागेको यो भेला कृष्णपुर क्षेत्रमा बालअधिकार प्रवर्द्धन र बाल सहभागिता सुदृढीकरणका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।