ज्योतिषीका अनुसार आजका लागि कस्तो छ त तपाईंको भाग्य, ग्रह गोचर, शुभ अशुभ ? पढ्नुहोस् जेठ २ गते शनिबारको दैनिक राशिफल

Image
Nisarga Hospital

आज – ०२ जेठ २०८३ शनिवार को राशिफल

CP Hospital Dhangadhi

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अध्ययनका प्रभावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। कृषिमा पशुपालनको क्षेत्रबाट विशेष लाभ आर्जन गर्न सकिएला। विद्यार्थीहरूलाई गुरुजनहरुको साथ र सहयोग मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) छोटो समयमा दिगो काम हात लाग्नेछ। प्रयत्न गर्दा ठूलो कार्यसम्पादन गर्न सकिनेछ। शत्रु र प्रतिस्पर्धीहरूलाई पछाडि पार्न सकिनेछ। उद्योग व्यापारमा लाभ रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) रचनात्मक कार्य प्रारम्भ गर्ने समय रहेको छ। कार्यक्षेत्रमा सहयोगीहरूले सहयोग गर्नेछन्। पहिलाका कमी कमजोरीलाई सुधार गर्ने समय रहेको छ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ९ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) व्यापार व्यवसायमा भविष्यका लागि लगानी बढाउन सकिनेछ। अड्केको रकम उठाउने समय रहेको छ। आयस्रोत बढ्नेछ र व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आर्थिक क्षेत्रमा सकारात्मक स्थिति रहनेछ। नसोचेको स्थानबाट धन प्राप्त हुनेछ। स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। रचनात्मक काममा प्रवृत्त भइएला। ठूलो योजना पूरा गर्न केही समय लाग्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सामाजिक सद्भाव बढ्नेछ। आफन्तहरूको साथ सहयोगले मन प्रसन्न रहनेछ। कार्यक्षेत्रमा समय अनुकूल रहनेछ। व्यापार व्यवसायमा बोली बिक्नेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा गर्न नसक्लान्। गृहणीहरूको घरेलु कामकाजमा धेरै समय बित्नेछ। दोहोराएर कार्य गर्दा रोकिएका काम बनाउन सक्नुहुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अध्ययनमा प्रगति हुने र सोचेको कार्य सम्पादन गर्न सकिनेछ। बोलिको प्रभाव बढ्नेछ भने लेखन कलामा पनि निखार आउनेछ। आत्मविश्वासको साथमा आफ्नो कुरा राख्ने प्रयास गर्नुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आकस्मिक कामले खर्च बढाउन सक्नेछ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। विदेश भ्रमणको लागि प्रयत्न गर्ने समय रहेको छ। दिगो कार्य प्रारम्भ गर्न उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मेहनत र परिश्रमले नौकरी वा पैशामा नयाँ जिम्मेवारी मिल्नेछ। युवाहरूलाई करियरलाई लिएर विशेष अवसर प्राप्त हुनेछ। शुभचिन्तक र आत्मीयजनहरूको पहिचान गर्ने समय रहेको छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) धैर्य र पराक्रममा वृद्धि हुनेछ। पारिवारिक मनमुटाव सुल्झिनेछ। मान्यजनहरूको सहयोगले रोकेको कार्य प्रारम्भ हुनेछ। व्यापार व्यवसायमा लाभ मिल्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) समाजमा मान सम्मान बढ्नेछ। व्यापारलाई लिएर यात्राका योग छन्। कार्यक्षेत्रमा अधिकारीवर्गको सहयोगले कार्य समयमा सम्पादित हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

हामरो पात्रो बाट

Dhnagadhi & Krishanapur