
कैलालीको अत्तरियास्थित इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रणबहादुर चन्दको सरुवा भएको छ।

प्रहरी महानिरीक्षकको २०८३/०२/०१ गतेको निर्णयअनुसार चन्दलाई जिल्ला प्रहरी कार्यालय डोटीमा सरुवा गरिएको हो।
उनको स्थानमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीअन्तर्गत गम्भीर अपराध अनुसन्धान शाखामा कार्यरत डिएसपी हिरा सिंह महरा मालाखेती आउने भएका छन्।
नेपाल प्रहरी विशेष सुरक्षा गण तनहुँ दरबन्दी रहेका महरा काजमा इप्रका मालाखेतीमा खटाइने भएका छन्। नेपाल प्रहरीले एकै दिन १४९ डिएसपी र ४६ एसपीको सरुवा गरेको जनाएको छ।


सरुवा निर्णयसँगै प्रहरी संगठनमा नियमित पुनर्संरचना तथा जिम्मेवारी अद्यावधिक गर्ने अभ्यासअनुसार देशभरका विभिन्न कार्यालयमा कार्यरत अधिकृतहरूको जिम्मेवारी हेरफेर गरिएको छ। यसले प्रहरी प्रशासनलाई अझ प्रभावकारी, गतिशील र सेवा प्रवाहमा सुधार ल्याउने अपेक्षा गरिएको छ।
स्थानीयवासीले नयाँ प्रमुख आएपछि शान्ति सुरक्षा सुदृढ हुने, अपराध नियन्त्रणमा थप कडाइ हुने तथा कार्यालयको सेवा प्रवाह अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गरेका छन्। साथै समुदायसँग समन्वय मजबुत हुने अपेक्षा पनि गरिएको छ। सुरक्षा निकायले जनाएको छ।































