
कैलालीको धनगढीमा आजदेखि ‘सुदूरपश्चिम कचहरी २०८३’ सुरु हुँदै छ। सुदूरपश्चिम विकास फाउन्डेसनको आयोजना र प्रदेश नीति तथा योजना आयोगको समन्वयमा कार्यक्रम सञ्चालन हुन लागेको हो। आइतबारसम्म चल्ने उक्त कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको फाउन्डेसनका अध्यक्ष शेरबहादुर शाहीले जानकारी दिएका छन्।

कार्यक्रमको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले गर्ने कार्यक्रम रहेको छ। प्रदेशको समग्र विकास, समृद्धि र नीतिगत सुधारका विषयमा छलफल हुने यस कचहरीले सुदूरपश्चिमको सम्भावना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

आयोजकका अनुसार कार्यक्रममा विकासका विविध आयाम, अवसर र चुनौतीबारे सरोकारवालाबीच गहन छलफल हुने छ।
































