समृद्ध सुदूरपश्चिमका लागि युवालाई रोजगारीसँग जोड्न मुख्यमन्त्री शाहको जोड

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ले समृद्ध सुदूरपश्चिम निर्माणका लागि युवाहरूलाई रोजगारी र आयआर्जनसँग जोड्न आवश्यक रहेको बताएका छन्। धनगढीमा सुरु भएको ‘समृद्धिका लागि सार्थक संवाद : सुदूरपश्चिम कचहरी २०८३’ उद्घाटन गर्दै उनले प्रदेशभित्र रहेका कृषि, पर्यटन, जलस्रोत लगायतका सम्भावनालाई उत्पादन र रोजगारीसँग जोड्नुपर्नेमा जोड दिए।

CP Hospital Dhangadhi

मुख्यमन्त्री शाहले सीमित स्रोतसाधनका बाबजुद जनताका आवश्यकता सम्बोधन हुने स्पष्ट तथा कार्यान्वयनयोग्य योजना आवश्यक रहेको उल्लेख गरे। उनले गरिबी, बेरोजगारी, कमजोर पूर्वाधार, शिक्षा तथा स्वास्थ्य सेवामा असमान पहुँच, युवा पलायन र नीति कार्यान्वयनका चुनौती अझै कायम रहेको बताए।

Attariya Hospital

यद्यपि चुनौतीका बीच पनि प्रदेश सरकारले सम्भावनाको खोजी गर्दै विकास र समृद्धिको दिशामा काम गरिरहेको उनको भनाइ थियो। सुदूरपश्चिम विकास फाउन्डेसनको आयोजनामा तथा प्रदेश नीति तथा योजना आयोगको समन्वयमा सञ्चालन भइरहेको उक्त कार्यक्रमले प्रदेशको विकास, समृद्धि र नीतिगत सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

nawajiwan