बैतडी समाज कैलालीको अध्यक्षमा गजेन्द्र वीर चन्द सर्वसम्मत चयन

Image
Nisarga Hospital

बैतडी समाज कैलालीको अध्यक्षमा गजेन्द्र वीर चन्द सर्वसम्मत चयन भएका छन्। धनगढीमा शनिबार सम्पन्न सातौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट चन्दको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो। बाँकी चार सदस्य पछि मनोनीत गरिने जनाइएको छ।

CP Hospital Dhangadhi

अधिवेशन समाजका अध्यक्ष मायाप्रकाश भट्टको अध्यक्षता र ज्येष्ठ सदस्य धरम शिङ थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा बैतडीबाट कैलालीमा बसोबास गर्दै आएका विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा लोकराज भट्ट, उपाध्यक्षमा हर्क बहादुर चन्द, महासचिवमा लोकेश भट्ट, सचिवमा विर बहादुर महरा र कोषाध्यक्षमा नवराज पन्त चयन भएका छन्। सदस्यहरूमा विभिन्न सामाजिक तथा पेशागत क्षेत्रका प्रतिनिधिहरू समेटिएका छन्।

nawajiwan
Attariya Hospital

कार्यक्रममा वक्ताहरूले बैतडी समुदायबीच आपसी एकता, सहयोग र सामाजिक सद्भाव मजबुत बनाउन समाजले महत्वपूर्ण भूमिका खेलेको बताए। कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनकराज भट्ट लगायतको उपस्थिति थियो।

नवनिर्वाचित नेतृत्वले समाजलाई अझ सक्रिय, संगठित र सामाजिक उत्तरदायी संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ।