कैलालीको नदीमा डुबेर ९ वर्षीय बालकको दुःखद मृत्यु

Image
Nisarga Hospital

अत्तरियाः कैलाली नदीमा डुबेर एक बालकको मृत्यु भएको छ। घोडाघोडी नगरपालिका–१० भाकलस्थित कान्द्रा नदीमा डुबेर स्थानीय भद्र बमका ९ वर्षीय छोरा Shusil Bam को ज्यान गएको हो।

CP Hospital Dhangadhi

शनिबार दिउँसो नुहाउने क्रममा नदीमा डुबेर उनी बेपत्ता भएका थिए। घटनापछि खोजीका लागि प्रहरी चौकी पहलमानपुरबाट टोली परिचालन गरिएको थियो।

Attariya Hospital

प्रहरीले बालकलाई डुबेकै स्थानमा अशक्त अवस्थामा फेला पारेको थियो। त्यसपछि तत्काल उद्धार गरी निसर्ग अस्पताल पुर्‍याइएको थियो। तर अस्पतालमा चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरिएको प्रहरीले जनाएको छ।

nawajiwan

घटनापछि परिवारमा शोक छाएको छ। नदी क्षेत्रमा सतर्कता नअपनाउँदा यस्तो दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।