कैलालीमा राष्ट्रपति रनिङ शिल्ड छनोटमा गोदावरीका दुई खेलाडी घाइते, नगर प्रमुख भट्टद्वारा घाईतेलाई भेटेर स्वास्थ्य लाभको कामना

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको १६औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता २०८३ अन्तर्गत बर्दगोरिया गाउँपालिकामा जारी खेलमा गोदावरी नगरपालिकाका ११५ जना खेलाडीहरू सहभागी भएका छन्।

CP Hospital Dhangadhi

प्रतियोगिताका क्रममा कबड्डी खेलमा हारको आवेगमा आएर घोडाघोडी नगरपालिकाका केही विद्यार्थीबाट भएको हातपातका कारण गोदावरीका दुई खेलाडी घाइते भएका छन्। घाइते खेलाडीहरूको बर्दगोरिया अस्पताल, बौनियाामा उपचार भइरहेको छ।

Attariya Hospital

घटनाप्रति दुःख व्यक्त गर्दै गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले अस्पताल पुगेर घाइते खेलाडीहरूको अवस्थाबारे जानकारी लिँदै उनीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। उनले खेलमा हार–जित स्वाभाविक प्रक्रिया भएकाले अनुशासन र संयम अनिवार्य रहेको बताए।

nawajiwan

नगर प्रमुख भट्टले खेलाडीहरूको साहस र मेहनतको प्रशंसा गर्दै भविष्यमा अझ राम्रो प्रदर्शन गरी गोदावरी नगरपालिकाको नाम उज्यालो बनाउने विश्वास व्यक्त गरेका छन्।