ज्योतिषीका अनुसार आजका लागि कस्तो छ त तपाईंको भाग्य, ग्रह गोचर, शुभ अशुभ ? पढ्नुहोस् जेठ ४ गते सोमबारको दैनिक राशिफल

Image
Nisarga Hospital

आज – ०४ जेठ २०८३ सोमवार को राशिफल

CP Hospital Dhangadhi

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नीति नियम पालनामा विशेष ध्यान दिनुहोला। सम्बन्धहरूमा संवेदनशीलता बढ्नेछ। वरिष्ठ व्यक्तिहरूसँग व्यक्तिगत तनाव लिनदेखि बच्नुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।

nawajiwan

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) बोलिचालिमा धैर्यताले आजको दिनको रुपरेखा तैयार हुनेछ। हत्तारमा लिएका निर्णयहरूबाट हानी नोक्सानी बेहोर्नुपर्ला। पारिवारिक सम्बन्धमा आपसी समझदारी बढ्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) निर्णय लिनुभन्दा अघि दुवै पक्षको कुरा सुन्नुहोस्। स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ। कामको मेसो नमिल्दा पछि परिनेछ। सवारी साधनमा धन खर्चका योग छन्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ८ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नोकरी वा पेशामा अधिकारी वर्गहरूको सहयोग पाइनेछ। नयाँ कार्यको जग बसाउने समय रहेको छ। चुनौती पन्छ्याउँदै कार्यक्षेत्रमा लगनशील रहनुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ५ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आफन्तहरूबाट कुनै शुभ सूचना मिल्नेछ। स्वास्थ्यलाई लिएर सतर्क रहनुहोला। अरुलाई सहयोग गरेर मन प्रसन्न रहनेछ। सामाजिक समारोहमा भाग लिने अवसर मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धैर्य र पराक्रममा वृद्धि हुनेछ। संवेदनशील मामलाहरूमा घरपरिवारका सदस्यहरूको सहयोग मिल्नेछ। घर परिबारमा कुनै धार्मिक आयोजन हुन सक्छ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ९ रहेको छ।

Attariya Hospital

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कार्यक्षेत्रमा रोकिएको कामले गति लिनेछ। ज्ञान आधारित प्रतिस्पर्धामा अघि रहीनेछ। भाग्यको साथले आर्थिक पक्षमा लाभ दिलाउनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक २ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ प्रयोगमा सफलता मिल्नेछ। समाजमा मान प्रतिष्ठा बढ्नेछ। शुभचिन्तकहरूको साथ पाइनेछ। धैर्य वा पराक्रमबाट अधिकार स्थापित गर्न सकिनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्यक्षेत्रमा दक्षता बढ्नेछ। राजनीतिक गतिविधिमा सक्रिय भूमिका निभाउनु पर्ला। व्यापार व्यवसायमा लाभ रहनेछ। सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धर्मकर्ममा मन लाग्नेछ। मेहनतको परिश्रमले परिष्थितिलाई आफ्नो अनुकूल बनाउन सकिनेछ। कानुनी पक्ष सबल रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) यात्रा गर्दा अनजान व्यक्ति माथि विश्वास नगर्नुहोला । समय अनुरुप चल्नुहोस् नभए पछाडि परिनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। सानो प्रयत्नले पनि लाभको नयाँ अवसर लेर आउनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सामाजिक मान प्रतिष्ठामा वृद्धि हुनेछ। दिगो लाभ हुने कार्य प्रारम्भ गर्न सक्नुहुनेछ। कारोबार विस्तारका लागि योजनाहरू बन्नेछन्। पशुपालनबाट लाभ होला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

हामो पात्रो बाट