अत्तरियामा खानेपानी संस्थाद्वारा टोल फ्री नम्बर जडान, सेवा सहज बनाउन नयाँ पहल

Image
Nisarga Hospital

कैलालीको गोदावरी नगरपालिका–२, अत्तरियामा रहेको अत्तरिया खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले उपभोक्ताको सेवामा सहजता ल्याउन टोल फ्री नम्बर जडान गरेको छ। अब १८ १०-५०-००३८४ नम्बरमा फोन गर्दा कुनै शुल्क नलाग्ने संस्थाले जनाएको छ।

CP Hospital Dhangadhi

सेवा प्रवाहलाई प्रभावकारी र छिटो बनाउन यो व्यवस्था गरिएको हो। उपभोक्ताको गुनासो, जानकारी तथा आवश्यक सेवाका लागि प्रत्यक्ष सम्पर्क सहज हुने विश्वास लिइएको छ।

Attariya Hospital

केही दिनअघि सम्पन्न निर्वाचनबाट राजेन्द्र खड्काको नेतृत्वमा नयाँ व्यवस्थापन समिति चयन भएपछि संस्थाले सुधारमुखी काम अघि बढाएको हो। नयाँ नेतृत्वले सेवा गुणस्तर सुधारलाई प्राथमिकतामा राखेको बताइएको छ।

nawajiwan