कञ्चनपुरको कृष्णपुरमा नि:शुल्क आँखा र ओठ/तालु काटिएका बालबालिकाको शल्यक्रिया शिविर हुदै

Image
Nisarga Hospital
कञ्चनपुरः कृष्णपुर नगरपालिकामा आगामी जेठ ६ गतेदेखि नि:शुल्क आँखा शिविर तथा ओठ र तालु च्यातिएका बालबालिकाहरूको छनोट कार्यक्रम आयोजना हुने भएको छ।
CP Hospital Dhangadhi
कृष्णपुर नगरपालिकाको आयोजना तथा धनगढी नेत्रालयको प्राविधिक सहयोगमा हुने शिविरमा आँखा जाँच, चस्मा वितरण र मोतियाबिन्दुको नि:शुल्क शल्यक्रिया सेवा प्रदान गरिनेछ। जीवा फाउन्डेसनको सहयोगमा शल्यक्रियाका लागि छनोट पनि गरिनेछ।
nawajiwan
शिविरका मुख्य आकर्षणहरू
  • नि:शुल्क आँखा जाँच सेवा।
  • नि:शुल्क नजिकको चस्मा वितरण।
  • मोतियाबिन्दु भएका बिरामीहरूका लागि धनगढी नेत्रालयमा नि:शुल्क शल्यक्रिया।
  • जीवा फाउन्डेसनको सहयोगमा ओठ र तालु फाटेका नवजात शिशु तथा बालबालिकाहरूको नि:शुल्क शल्यक्रियाका लागि छनोट।
Attariya Hospital
शिविर सञ्चालन सम्बन्धी विवरण
  • समय: बिहान ९:०० बजेदेखि दिउँसो ५:०० बजेसम्म।
  • मिति र स्थानहरू:
क्र.सं. मिति (२०८३) बार स्थान (स्वास्थ्य संस्था) वडा नं.
जेठ ०६ बुधबार आधारभूत स्वास्थ्य सेवा केन्द्र, दोमिल्ला
जेठ ०७ बिहीबार आधारभूत स्वास्थ्य सेवा केन्द्र, निगाली
जेठ ०८ शुक्रबार आधारभूत स्वास्थ्य सेवा केन्द्र, नन्दिपुर
जेठ १० आइतबार आधारभूत स्वास्थ्य सेवा केन्द्र, गढबिजुला
जेठ ११ सोमबार आधारभूत स्वास्थ्य सेवा केन्द्र, कटान
जेठ १२ मंगलबबार आधारभूत स्वास्थ्य सेवा केन्द्र, मालुबेला
जेठ १३ बुधबार आधारभूत स्वास्थ्य सेवा केन्द्र, साहारानगर
जेठ १४ बिहीबार कृष्णपुर स्वास्थ्य चौकी, गुलरिया
जेठ १५ शुक्रबार सामुदायिक भवन, बन्जरिया
१० जेठ १७ आइतबार आधारभूत स्वास्थ्य सेवा केन्द्र, मौरीफाँटा
११ जेठ १८ सोमबार आधारभूत स्वास्थ्य सेवा केन्द्र, कलुवापुर
१२ जेठ १९ मंगलबार रैकाबार बिचवा स्वास्थ्य चौकी, बिचवा
१३ जेठ २० बुधबार सरस्वती आ. वि., पिपरिया
१४ जेठ २१ बिहीबार आधारभूत स्वास्थ्य सेवा केन्द्र, राजघाट

कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाका अनुसार कृष्णपुर नगरपालिकाले नागरिकको आधारभूत स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले नि:शुल्क आँखा शिविर तथा ओठ–तालु फाटेका बालबालिकाको छनोट कार्यक्रम सञ्चालन गर्न लागेको हो। यसले विशेषगरी आर्थिक रूपमा कमजोर वर्गलाई ठूलो राहत दिनेछ। सबै नागरिकलाई समयमै शिविरमा सहभागी भई स्वास्थ्य लाभ लिन हामी अनुरोध गर्दछौं।

त्यसै गरी कृष्णपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बन्सी राज भट्टका अनुसार नगरपालिकाका विभिन्न वडामा सञ्चालन हुने यो शिविरमा आँखा जाँच, चस्मा वितरण तथा मोतियाबिन्दुको नि:शुल्क शल्यक्रिया सेवा प्रदान गरिनेछ। साथै ओठ–तालु फाटेका बालबालिकाको छनोट पनि गरिनेछ। लक्षित समुदायसम्म सेवा पुर्‍याउन सबै स्वास्थ्य संस्था परिचालन गरिएको छ र प्रचार–प्रसारलाई प्रभावकारी बनाइएको छ।