गोदावरी नगरपालिकामा संवादमार्फत महिलाको आर्थिक उन्नतिका निम्ति अनुकूल वातावरण सिर्जना’ परियोजना शुभारम्भ

Image
Nisarga Hospital

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका मा ‘संवादमार्फत महिलाको आर्थिक उन्नतिका निम्ति अनुकूल वातावरण सिर्जना’ परियोजना शुभारम्भ गरिएको छ।

CP Hospital Dhangadhi

मंगलबार गोदावरी नगरपालिका र प्रो–पब्लिक को संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो। गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकाया को प्रमुख आतिथ्यतामा कार्यक्रम सञ्चालन गरिएको थियो।

कार्यक्रममा उपप्रमुख रोकायाले उद्यमशील महिलालाई आत्मनिर्भर बनाउँदै बजारसँग जोड्ने तथा उनीहरूको हक–हित र आर्थिक उन्नतिका लागि संवाद परियोजना महत्वपूर्ण रहेको बताइन्। उनले प्रो–पब्लिक सस्थाले परियोजना मार्फत् महिलाहरुलाई आत्मनिर्भर बनाउन तथा उद्यमी महिलाले उत्पादन गरेका वस्तुको बजारीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन्।

nawajiwan
Attariya Hospital

कार्यक्रमको सहजीकरण कमला राना ले गरेकी थिइन्। उनले महिलाको आर्थिक सशक्तीकरणलाई मजबुत बनाउन र नेतृत्व विकासमा सहजता ल्याउन पालिका, बहु(सरोकारवाला निकाय तथा बजारसँग सात चरणमार्फत परियोजना जोडिने जानकारी दिइन्।

संवाद परियोजना मार्फत म महिलाहरूलाई थपिएको जिम्मेवारीलाई कुशलतापूर्वक व्यवस्थापन गर्ने उद्यमसँग जोड्ने तथा उत्पादनलाई बजारसम्म पहुँच विस्तार गर्ने उद्देश्य रहेको बताइन्।

कार्यक्रममा उद्यमी महिला, जनप्रतिनिधि, व्यवसायी, कार्यपालिका सदस्य, टोल विकास समितिका प्रतिनिधि, मुक्त कमैया बस्तीका बासिन्दा लगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो। यस्तै कार्यक्रममा जीआईजेड, ग्रेप-२ तथा नेपाल सरकार को सहकार्य रहेको आयोजकले जनाएको छ।