कांग्रेस सुदूरपश्चिम भेला जेठ १० धनगढीमा, एकता र पुनर्जागरण अभियानलाई गति दिने तयारी

Image
Nisarga Hospital

धनगढी : नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले पार्टीको बृहत्तर एकता, संगठन सुदृढीकरण र पुनर्जागरण अभियानका लागि प्रदेशस्तरीय भेला आयोजना हुने जानकारी नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति बिर बहादुर बलायरले बताएका छन ।

CP Hospital Dhangadhi

भेला आगामी २०८३ जेठ १० गते बिहान ९ बजे धनगढीस्थित शहीद गेट नजिक सौराई स्क्वायरमा हुने तय गरिएको छ । कार्यक्रममा पार्टीका अग्रज नेताहरूले समसामयिक राजनीतिक अवस्था र संगठन सुदृढीकरणबारे सम्बोधन गर्नेछन् ।

प्रदेश कार्यसमितिका अनुसार भेलामा पूर्व केन्द्रीय पदाधिकारी, वर्तमान तथा निवर्तमान केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, नौवटै जिल्लाका सभापति तथा प्रदेश सदस्यहरूको व्यापक सहभागिता रहनेछ । त्यस्तै, पूर्व मन्त्री, राष्ट्रियसभा सदस्य, पूर्व सांसद, प्रदेश सरकारका पदाधिकारी तथा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरूको पनि उपस्थिति रहनेछ ।

nawajiwan
Attariya Hospital

जिल्ला समन्वय प्रमुख, पालिका प्रमुख–उपप्रमुख, पार्टीका विभिन्न तहका पदाधिकारी तथा भातृ संगठनका प्रतिनिधिहरूलाई समेत अनिवार्य उपस्थितिका लागि आह्वान गरिएको छ ।

पार्टीले उक्त भेलालाई संगठन मजबुती, आन्तरिक एकता र भावी राजनीतिक दिशानिर्देश तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ ।

कार्यक्रमबारे जानकारी दिँदै नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले तयारी तीव्र रूपमा अघि बढाइएको जनाएको छ । यसैबीच नेता वीर बहादुर बलायरले भेला पार्टी सुदृढीकरणको महत्वपूर्ण मोड हुने बताएका छन् ।