अत्तरिया- धनगढीमा लगातार विद्युत अवरोध, जनजीवन प्रभावित, तत्काल समाधानको माग

Image
Nisarga Hospital

अत्तरिया – धनगढीमा पछिल्ला समयमा ३–४ घण्टादेखि बारम्बार बत्ती आउने–जाने समस्याले स्थानीयवासी हैरान भएका छन्। निरन्तर विद्युत आपूर्ति अवरुद्ध हुँदा घरायसी कामकाज, व्यापार व्यवसाय तथा इन्टरनेट सेवा पूर्ण रूपमा प्रभावित बनेको स्थानीयले बताएका छन्।

CP Hospital Dhangadhi

स्थानीयका अनुसार केही समय विद्युत आउने र तुरुन्तै जाने क्रम पटक–पटक दोहोरिँदा दैनिक जनजीवन अस्तव्यस्त बनेको छ। विशेषगरी अत्यधिक गर्मीका कारण सर्वसाधारण थप समस्यामा परेर कठिनाइ भोग्न बाध्य भएका छन्। विद्युत आपूर्तिमा आएको अनियमितताले अस्पताल, सञ्चार माध्यम तथा साना व्यवसायसमेत प्रभावित भएका छन्। यसले आर्थिक गतिविधिमा समेत असर पारेको छ।

Attariya Hospital

यता सम्बन्धित निकायका जिम्मेवार अधिकारी तथा नो–लाइट प्रतिनिधिसँग सम्पर्क गर्ने प्रयास गर्दा पनि सम्पर्क हुन नसकेको स्थानीयको गुनासो छ। विद्युत समस्याबारे कुनै आधिकारिक जानकारी नआउँदा उपभोक्तामा अन्योल बढेको छ।

nawajiwan

स्थानीयवासीले नेपाल विद्युत प्राधिकरणसँग तत्काल समस्या समाधान गर्न, नियमित आपूर्ति सुनिश्चित गर्न तथा स्पष्ट सूचना सार्वजनिक गर्न कडा माग गरेका छन्। उपभोक्ताले दीर्घकालीन समाधान आवश्यक रहेको बताएका छन्।