आईसीसी ओडीआई अलराउन्डर वरियतामा दीपेन्द्र सिंह ऐरीको उछाल, २५औं स्थानमा प्रवेश

Image
Nisarga Hospital

नेपाली ओडीआई क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी ओडीआई अलराउन्डर वरियतामा फेरि तीन स्थान माथि उक्लिएका छन्। आईसीसीले मंगलबारसम्मको प्रदर्शनलाई आधार मानेर बुधबार सार्वजनिक गरेको नयाँ वरियताअनुसार उनी २५औं स्थानमा पुगेका हुन्। उनको रेटिङ अंक १५९ पुगेको छ।

CP Hospital Dhangadhi

गत साता उनी ३१औं स्थानबाट २८औं स्थानमा उक्लिएका थिए। त्यसयता उनको रेटिङमा थप ६ अंकको सुधार भएको छ। घरेलु मैदानमा सम्पन्न लिग–२ शृंखलामा देखाएको उत्कृष्ट प्रदर्शनले उनको वरियता निरन्तर सुधार भइरहेको हो।

Attariya Hospital

ओमान र यूएईसँगको शृंखलामा उनले चार खेलमा दुई अर्धशतक र एक शतक प्रहार गर्दै महत्वपूर्ण योगदान दिएका थिए। साथै बलिङमा चार विकेट समेत लिएका थिए। अहिले जारी नेपाल, अमेरिका र स्कटल्यान्डबीचको शृंखलामा पनि उनले राम्रो प्रदर्शन गरिरहेका छन्। स्कटल्यान्डविरुद्धको पहिलो खेलमा ५५ रन बनाएका थिए भने अमेरिकाविरुद्ध चार विकेट लिएका थिए।

nawajiwan

यससँगै टी–२०आई अलराउन्डर वरियतामा दीपेन्द्र चौथो स्थानमै यथावत् छन्। अन्य नेपाली खेलाडीमध्ये सन्दीप लामिछाने ६८औं, ललित राजवंशी ७६औं, गुल्शन झा ८७औं र करण केसी ८९औं स्थानमा छन्।