सुनचाँदीमा फेरि उकालो : तोलाको सुन २ लाख ९३ हजार ८०० रुपैयाँ पुग्यो

Image
Nisarga Hospital

नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ८०० रुपैयाँले बढेको हो।

CP Hospital Dhangadhi

आज छापावाल सुन प्रतितोला २ लाख ९३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार यसको मूल्य प्रतितोला २ लाख ९२ हजार रुपैयाँ कायम गरिएको थियो। त्यस्तै, १० ग्राम सुनको मूल्य पनि बढेर २ लाख ५१ हजार ८८५ रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिन २ लाख ५० हजार ३४० रुपैयाँ थियो।

Attariya Hospital

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। बुधबार प्रतितोला ४ हजार ९६० रुपैयाँ रहेको चाँदी आज ९० रुपैयाँले बढेर ५ हजार ५० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

nawajiwan

यस्तै, १० ग्राम चाँदीको मूल्य ४ हजार ३३० रुपैयाँ निर्धारण गरिएको छ। अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य उतारचढावका आधारमा नेपाली बजारमा दैनिक सुनचाँदीको मूल्य तय हुँदै आएको छ।