प्रधानमन्त्री छिट्टै सदनमा आएर जवाफ दिनुहुन्छ: रवि लामिछाने

Image
Nisarga Hospital

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री छिट्टै सदनमा आएर उठेका प्रश्नहरूको जवाफ दिने बताउनुभएको छ। बिहीबार सिंहदरबारस्थित संसद भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले प्रधानमन्त्री संसदमा आउने र यसको जानकारी छिट्टै गराइने उल्लेख गर्नुभयो।

CP Hospital Dhangadhi
Attariya Hospital

प्रधानमन्त्री सदनमा नआउँदा आफूलाई दबाब परेको छ कि भन्ने प्रश्नमा लामिछानेले आफूलाई कुनै दबाब नभएको स्पष्ट पार्नुभयो। तर, जनताको अपेक्षाअनुसार सरकारले काम गरोस् भन्ने रचनात्मक दबाब भने सधैं रहने उहाँको भनाइ थियो।

यसैगरी, पार्टी अहिले महाधिवेशनको तयारीमा होमिएको जानकारी दिँदै सभापति लामिछानेले महाधिवेशनमार्फत पार्टीलाई विधि र सही ढंगले अगाडि बढाइने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

nawajiwan