
नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति सदस्य एवं पार्टी प्रबक्ता सुरत बहादुर रावत डोटेली कान्छाले जिम्मेवारी मुक्त भएको एक हप्ता पुग्नै लाग्दा आफूलाई थोरै हल्का महसुस घुमफिरमा देखिएको फोटो पोष्ट गर्दै भन्नू भएको छ – एक हप्ता देखि आधिकारिक रुपमा कार्यकारी जिम्मेवारीबाट मुक्त भएको एक हप्ता पुग्नै लाग्दा थोरै हल्का महसुस भएको छ ! केही अधुरा अपुरा र गर्नैपर्ने जिम्मेवारी समय संगै पूरा गर्ने प्रयत्न गर्ने छु ।

सधैं पार्टी र संगठनको गतिविधि सामाजिक सञ्जालमा पोष्ट गरिरहने प्रबक्ता रावतका एक हप्तादेखी सामाजिक सञ्जाल फेसबुकमा त्यति सक्रिय थिएनन । पार्टीको जिम्मेवारीबाट हटनुको कारण स्पष्ट नखुलाए पनि उनी पार्टीको विशेष महाधिवेशन पछि भावनात्मक रुपमा पार्टी दुई भागमा बिभाजन भएको र पार्टी एक ढिक्का भएर लाग्नु पर्ने बिचार ब्यक्त गर्दै आउनु भएको थियो त्यसमा नेतृत्व बढी जिम्मेवार हुने भन्दै खबरदारी गर्दै आउनु भएको थियो । आईतवार मात्रै गुटबन्दी र सामाजिक सञ्जालको ‘युद्ध’ त्यागेर पार्टी एकतामा लाग्न प्रवक्ता सुरत रावतको आह्वान गर्नु भएको थियो ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रवक्ता रावतले पार्टीभित्र कसैको दास बनेर वा नेताहरूको चाकरी गरेर पदमा पुग्ने प्रवृत्ति आफूहरूमा नरहेको स्पष्ट पारेका छन्। उनले कांग्रेस निष्ठावान कार्यकर्ताहरूको पार्टी भएकाले कसैको निगाहमा राजनीति नगरेको जिकिर गर्नु भएको थियो ।

पार्टीभित्र विद्यमान वैमनस्यता, उग्रता र सामाजिक सञ्जालमा देखिने द्वन्द्वात्मक ‘युद्ध’लाई तत्काल त्याग्नुपर्नेमा जोड दिँदै उनले यस्ता प्रवृत्तिले पार्टीलाई नै कमजोर बनाउने उल्लेख गरेका छन्। उनले सम्पूर्ण नेता तथा कार्यकर्तालाई सञ्जालको विवाद छाडेर मूल पार्टी एकताको पक्षमा उभिन आग्रह समेत गरेका प्रबक्ता रावतले कांग्रेसलाई तल्लो तहदेखि नै वैचारिक र सङ्गठनात्मक रूपमा बलियो बनाउनका लागि पुनर्जागरण अभियानको खाँचो रहेको रावतको भनाइ थियो । पार्टीको बृहत्तर एकताका लागि ‘पुनर्जागरण अभियान’ प्रदेश, जिल्ला, क्षेत्र हुँदै पालिकाहरूसम्म लैजानु आवश्यक रहेको बताउनु भएको थियो ।































