गोदावरी -७ मा सचेतना, सरसफाइ र स्वच्छ समाज निर्माणको अभियान सञ्चालन

Image
Nisarga Hospital

“हामी सबैको एउटै आवाज, सफा वातावरण–स्वच्छ समाज” भन्ने मूल नारालाई आत्मसात गर्दै गोदावरी नगरपालिका–७ मा शनिबार सचेतनामूलक र्याली, घरदैलो अभियान तथा सरसफाइ कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको छ। स्थानीय युवा तथा समुदायको सक्रिय सहभागिताले कार्यक्रमलाई थप प्रभावकारी बनाएको थियो।

CP Hospital Dhangadhi

अभियानको नेतृत्व युवा अगुवा शान परियार ले गर्नुभएको थियो। कार्यक्रममा वडा अध्यक्ष कलावती साउद, फोहोरमैला व्यवस्थापन समितिका सदस्य केशवराज पन्त, श्रीपुर खानेपानीका प्रबन्धक पार्वती ओझा, श्री लक्ष्मी महिला सामुदायिक वनका अध्यक्ष अमरराज पाठक, चण्डेश्वरी आधारभूत विद्यालयका व्यवस्थापन समिति, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

nawajiwan

Attariya Hospital

कार्यक्रम अन्तर्गत युवाहरूले घरदैलो पुगेर जथाभावी फोहोर नफाल्न, खुला स्थानमा फोहोर नजलाउन तथा वातावरण स्वच्छ राख्न स्थानीयलाई आग्रह गरेका थिए।
सहभागीहरूले स्वस्थ समाज निर्माणका लागि व्यक्तिगत स्वास्थ्यसँगै स्वच्छ वातावरण र सामाजिक जिम्मेवारी पनि उत्तिकै महत्वपूर्ण हुने धारणा राखेका थिए।

वडा अध्यक्ष कलावती साउद ले सरसफाइलाई एकदिने कार्यक्रम नभई दैनिक जीवनशैलीको हिस्सा बनाउनुपर्ने बताउँदै वडाबाट आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।


त्यस्तै, फोहोरमैला व्यवस्थापन समितिका सदस्य केशवराज पन्त ले फोहोर व्यवस्थापनका प्रभावकारी उपायबारे जानकारी दिँदै युवाहरूको पहल अनुकरणीय रहेको उल्लेख गर्नुभयो।
युवा अगुवा शान परियार ले वातावरणीय समस्या भविष्यका पुस्ताका लागि चुनौती बन्न सक्ने भएकाले यस्ता अभियानमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताउँदै समाजलाई सकारात्मक दिशातर्फ लैजान आफू निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
स्थानीयवासीहरूले पनि युवाहरूको सक्रियता प्रशंसनीय रहेको भन्दै यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने बताएका छन्।