एमाले बैठकमा लेखराज भट्टको प्रस्ताव : ‘६० कटेका नेताले पद छाडे मात्रै सम्भव छ रूपान्तरण’

Image
Nisarga Hospital

लेखराज भट्टले पार्टी रूपान्तरणको बहसलाई व्यवहारमा उतार्न नेतृत्व पुस्तान्तरण आवश्यक रहेको बताएका छन्। शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकमा बोल्दै उनले केवल ‘रूपान्तरण’को नारा पर्याप्त नहुने उल्लेख गरे।

CP Hospital Dhangadhi

उनको प्रस्ताव अनुसार, पार्टीलाई नयाँ ढंगले अघि बढाउन ६० वर्षभन्दा माथिका नेताहरूले स्वेच्छिक रूपमा पद छाड्दै युवालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने धारणा राखिएको थियो। उनका अनुसार यसले संगठनलाई नयाँ ऊर्जा र दीर्घकालीन दिशा दिन सक्छ।

Attariya Hospital

शुक्रबारदेखि जारी एमाले केन्द्रीय सचिवालय बैठकमा नेताहरूले पार्टीको भविष्य, नेतृत्व र संगठनात्मक सुधारबारे धारणा राखिरहेका छन्। शनिबार उपमहासचिव योगेश भट्टराईले नेतृत्व हस्तान्तरणको विषय उठाएका थिए भने महासचिव शंकर पोखरेलले वर्तमान शैलीमा पार्टी अघि बढ्न चुनौती रहेको संकेत गरेका थिए। अर्कोतर्फ रामबहादुर थापा र महेश बस्नेतले नेतृत्व जोगाउँदै पार्टीलाई एकताबद्ध बनाउनुपर्ने धारणा राखेका छन्।

nawajiwan