नेपालमा ४० दिनमै १,३४२ विपद् घटना : ७० जनाको ज्यान, हजारौँ परिवार प्रभावित

Image
Nisarga Hospital

विसं २०८३ को वैशाखयता पछिल्लो ४० दिनभित्र देशभर भएका १ हजार ३४२ विपद्जन्य घटनामा ७० जनाको मृत्यु भएको छ भने ३३३ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार सबैभन्दा बढी लेक लागेर १६, चट्याङबाट १४ र आगलागीबाट ११ जनाको ज्यान गएको छ।

CP Hospital Dhangadhi

त्यस्तै, हुरीबाट ९, जनावरको आक्रमणबाट ८, सर्पदंशबाट ५ तथा पहिरो, डुङ्गा दुर्घटना, वन डढेलो, बाढी र हिउँपहिरोजस्ता घटनामा पनि मानवीय क्षति भएको छ। यी घटनाबाट १ हजार ६२१ परिवार प्रभावित भएका छन्।

Attariya Hospital

घटनाको सङ्ख्याका आधारमा आगलागी सबैभन्दा बढी देखिएको छ, जसका ४८८ घटना दर्ता भएका छन्। त्यसपछि हुरीका २३०, चट्याङका १३९ र सर्पदंशका १०५ घटना रहेका छन्। पछिल्लो २४ घण्टामा मात्रै ३ जनाको मृत्यु, १३ जना घाइते तथा १७ लाख रुपैयाँभन्दा बढी क्षति भएको प्राधिकरणले जनाएको छ। मनसुन सुरु हुने चरणसँगै देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र तातो हावाको जोखिम बढ्दै गएको छ।

nawajiwan