सुर्तीजन्य पदार्थमा ५०% करको माग: स्वास्थ्य सुधार र बीमा सुदृढीकरणमा जोड

Image
Nisarga Hospital

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा स्वास्थ्य विभाग प्रमुख Tosima Karki ले सुर्तीजन्य पदार्थमा लाग्ने करको दर कम्तीमा ५० प्रतिशत पुर्‍याउनुपर्ने आवश्यकता औँल्याएकी छन्। आइतबार आयोजित सार्वजनिक स्वास्थ्य करसम्बन्धी कार्यक्रममा बोल्दै उनले जनस्वास्थ्य सुधार, रोग नियन्त्रण र स्वास्थ्य बीमालाई दिगो बनाउन कर नीति सशक्त हुनुपर्ने स्पष्ट पारिन्।

CP Hospital Dhangadhi

उनका अनुसार सन् २०३५ सम्म सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्ने सिफारिस गरिएको छ। उनले करको उद्देश्य केवल राजस्व संकलन नभई उपभोग घटाउने प्रभावकारी उपकरणका रूपमा प्रयोग हुनुपर्ने बताइन्। हालको ३ देखि ५ प्रतिशतको न्यून कर वृद्धिले उपभोक्ताको व्यवहारमा उल्लेखनीय परिवर्तन नआएको उनको भनाइ थियो।

Attariya Hospital

सांसद कार्कीले दक्षिण एसियाली मुलुकहरूको तुलनामा नेपालमा सुर्तीजन्य पदार्थमा कर दर करिब ४१ प्रतिशत मात्र रहेको उल्लेख गर्दै यसलाई अपर्याप्त बताइन्। उनका अनुसार सुर्तीजन्य पदार्थले क्यान्सर, रक्तनलीसम्बन्धी गम्भीर रोग र अपाङ्गता जस्ता समस्या बढाउँदै राज्यमा ठूलो आर्थिक भार थपिरहेको छ।

nawajiwan

उनले सुर्ती, मदिरा र हानिकारक पेय पदार्थबाट उठ्ने राजस्वलाई स्वास्थ्य बीमाको पुनर्संरचनामा प्रयोग गर्नुपर्ने प्रस्तावसमेत अघि सारिन्। साथै, धूम्रपानजन्य ‘प्यासिभ स्मोकिङ’ ले बालबालिका, गर्भवती र दीर्घरोगीलाई बढी असर गर्ने भएकाले राज्यले विशेष नीति आवश्यक रहेको बताइन्।