सीमा क्षेत्रमा तस्करी नियन्त्रण: कञ्चनपुरको पुनर्वासबाट दुई भारतीय नागरिक पक्राउ

Image
Nisarga Hospital

कञ्चनपुरः कञ्चनपुरको पुनर्वासबाट भन्सार छली गरी ल्याइँदै गरेको सामानसहित दुई भारतीय नागरिकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

CP Hospital Dhangadhi

आइतबार पुनर्वास नगरपालिका–८ कंकड सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट पुनर्वासबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याइँदै गरेको सामानसहित उनीहरूलाई पक्राउ गरेको हो।

सशस्त्र प्रहरीका अनुसार भारतीय नम्बर प्लेट 31 N 0233 र UP 31 AJ 4268 भएका दुई मोटरसाइकलमा लोड गरिएको ७ पेटी टायल र १ कार्टुन नमकिन बरामद गरिएको छ। बरामद सामानको अनुमानित मूल्य करिब २ लाख २१ हजार रुपैयाँ रहेको छ।

nawajiwan
Attariya Hospital

नियन्त्रणमा लिइएका व्यक्तिहरू भारत लखिमपुर खिरी कृष्णनगर पलिया निवासी ३६ वर्षीय सुनिल गुप्ता र १९ वर्षीय बिवेक कुमार रहेका छन्।

उनीहरूलाई बरामद सामान र मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालय धनगढीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।