एमालेमा नेतृत्व विवाद चर्किँदै, ओलीमाथि दबाब बढ्यो

Image
Nisarga Hospital

पार्टीभित्र नेतृत्व विवाद चर्किँदै जाँदा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि दबाब बढेको छ। शनिबार गुण्डुमा बसेको सचिवालय बैठकमा महासचिव शंकर पोखरेलसहित केही पदाधिकारीले वैकल्पिक नेतृत्वको पक्षमा धारणा राखेका छन्। ओलीको पक्षमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सचिव महेश बस्नेत मात्र खुलेका छन्।

CP Hospital Dhangadhi

नेताहरूले पार्टी पुनर्गठन र नेतृत्व परिवर्तन आवश्यक रहेको बताएका छन्। महासचिव पोखरेलले वर्तमान अवस्थाले आन्दोलन अघि बढाउन नसकिने टिप्पणी गरेका थिए। बैठकमा १९ मध्ये १४ पदाधिकारीले धारणा राख्दा बहुसंख्यकले नेतृत्व पुनर्संरचनाको सुझाव दिएका छन्। ओलीले भने राजीनामाको दबाब अस्वीकार गर्दै पार्टीलाई पुरानै अवस्थामा फर्काउने बताएका छन्।

Attariya Hospital

उनले लामो छलफलपछि कुराहरू नदोहो¥याउन आग्रह गरेका थिए। सचिव महेश बस्नेतले ओली हटाउने एकसूत्रीय एजेन्डाप्रति आपत्ति जनाएका छन्। उपमहासचिव लेखराज भट्टले सबै ६० वर्षमाथिका नेताहरू पदबाट अलग हुनुपर्ने धारणा राखेका छन्। उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले सामूहिक निर्णयमा जोड दिएका छन्।

nawajiwan

बैठक आइतबार पनि जारी रहनेछ र बाँकी सचिवहरूले धारणा राख्नेछन्। पार्टीमा देखिएको विवाद समाधानका लागि छलफल केन्द्रित रहेको नेताहरूले बताएका छन्। आगामी निर्णय बैठकबाट हुने अपेक्षा गरिएको छ।