सुन–चाँदीको मूल्यमा उकालो, तोलामा १ हजार ९ सय रुपैयाँले बढ्यो सुन

Image
Nisarga Hospital

नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिनको तुलनामा सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले वृद्धि भएको हो।

CP Hospital Dhangadhi

महासंघले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार भने सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँ कायम थियो। त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५१ हजार ३० रुपैयाँ निर्धारण गरिएको छ।

Attariya Hospital

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदी प्रतितोला १ सय ४० रुपैयाँले वृद्धि भई ५ हजार १ सय ५० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भएको थियो। आज १० ग्राम चाँदीको मूल्य ४ हजार ४ सय १५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ।

nawajiwan