मुख्यमन्त्री सचिवको रास्वपा सदस्यता विवाद, एपमार्फत भोट गर्दा सदस्यमा दर्ता

Image
Nisarga Hospital

धनगढी: सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहको सचिवालयमा कार्यरत एक अधिकारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आफ्नो नाम दर्ता भएको विषयमा स्पष्टीकरण दिएका छन्।

CP Hospital Dhangadhi

उनका अनुसार २०७९ निर्वाचनमा पारिवारिक समर्थनका क्रममा रास्वपाको एपमार्फत मतदान गर्दा नागरिकता र मोबाइल नम्बर प्रविष्ट भएपछि प्रणालीमा स्वतः सदस्यता दर्ता भएको हो। यो प्राविधिक तथा प्रक्रियागत त्रुटि मात्र भएको र कुनै राजनीतिक उद्देश्य नभएको उनले स्पष्ट पारेका छन्।

Attariya Hospital

उनले आफू नेपाली कांग्रेसप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै रास्वपाका कुनै गतिविधिमा संलग्नता देखिए सार्वजनिक गर्न चुनौती दिएका छन्। उक्त विषयबारे मुख्यमन्त्रीलाई करिब दुई महिनाअघि नै जानकारी गराइसकेको पनि उनले बताएका छन्।

nawajiwan